
काठमाडौं । नेकपा एमालेमा शिर्ष नेताहरुलाई मिलाउन दोस्रो तहका नेताहरुले प्रयास जारी राखेका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालविच संवाद गराउन विघटित कार्यदलका नेताहरुले आज पनि प्रयास गरिरहेका छन् ।
नेताहरु भीम रावल, सुवास नेम्वाङ, विष्णु पौडेल र सुरेन्द्र पाण्डेबीच १० बुँदे सहमतिका आधारमा शक्ति बाँडफाटको लागि दुई नेताबीच वार्ता गराउने सहमति भएको हो ।
चार नेताबीचको छलफलपछि आजै दिउँसो वा साँझसम्म ओली र नेपालबीच भेट गराउने तयारी भइरहेको छ । ओलीसँग भेट्न अनिच्छुक रहेका नेता नेपाल पछिल्लो समय भेटेर संवाद गर्न सहमत भएको बताईएको छ ।
नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुले हिजोको बैठकमा बरिष्ठ नेता नेपाललाई पावर शेयरिङको सन्दर्भमा ओलीसँग बसेर छलफल गर्न आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्