
राकेश बस्नेत
दाङ । पछिल्लो समयमा दाङ जिल्ला तस्करहरूको स्वर्ग बन्दै गएको छ । लागूऔषध तथा सरकारले प्रतिबन्धित गरेका वन्यजन्तुका अंगहरूको ओसारपसार तथा बिक्रीका लागि दाङ केन्द्र बनेको हो ।
अबैध लागुऔषध तथा वन्यजन्तुको अंगहरुको कारोबार तथा ओसार पसार गर्न तस्करहरुले दाङ जिल्लालाई ट्रान्जिट पोईन्टको रुपमा प्रयोग गर्न थालेका छन् ।
दाङ सेफ ल्यान्डीङ भएको भन्दै तस्करहरुले तुलसिपुर र घोराईबाट कारोबार गर्न थालेका पाईएको छ । दाङ, रोल्पा, रूकुम, सल्यान, प्यूठान, अर्घाखाँची, बाँके जिल्लाहरू मात्र नभइ भारतसंग पनि जोडिएकाले तस्करहरुले सेन्टर प्वाइन्ट बनाउने गरेको प्रहरीको भनाइ छ ।
यस कारोबारमा तस्करहरुले १५ देखि ४० वर्ष उम्मेर समूहकाकाहरुलाई रोजेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुनद प्रसाद रिजालले जानकारी दिनुभएको छ ।
तस्करहरु बढीरहेको बेलामा आफूहरु पनि सक्रिय रहेको प्रहरीले जनाएको छ । जिल्लामा प्रहरी बाहेकका संघ संस्थाहरुले पनि अबैध कारोबार रोक्ने प्रयास गर्दे आएका छन् । लागुऔषधका प्रयोग कर्ताहरुलाहरुको अनुगमन गर्ने सम्झाउने लगाएतका कामहरु भैरहेका सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव रमेश केसीले जनारी दिनुभएको छ ।
लागू औषध दुर्बेसनी बढ्नुको कारण आर्थिक, साथीहरु र अभिभाव लगाएतका कारणले पाईएको छ । जिल्लामा आधा दर्जन भन्दा बढि सुधार गृहहरु संचालन भएका छन् । विभिन्न कारणले युवाहरु दुर्वेसनीमा लाग्ने भएकाले परिवारले ध्यान दिनुपर्ने नयाँ पाईला पुन स्थापना केन्द्र सुधार गृह विजौरीका संचालक सुरेश भुषालले जानकारी दिनुभएको छ ।
गत बर्ष लागुऔषधको कारोबारी मध्ये दाङ जिल्लाबाट ६० भन्दा बढी कारोबारी पक्राउ परेका थिए । लागुऔषधका मुख्य कारोबारी भन्दा भरियाहरु पक्राउ पर्ने गरेका छन् ।
कारोबार गर्न सजिलो नाका तथा जिल्लालाई रोजेर तस्करहरुले तस्करी गरेको पाईन्छ । स्थानिय प्रसासनले नाका तथा अनुगमन गरे लागुऔषध कारोबार तथा सेवनमा कमी आउने देखिन्छ ।(भिडियो हेर्नुहोस्)
प्रतिक्रिया दिनुहोस्