१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रहरीको पैसा व्यक्तिले बाँडे


0
Shares

बागलुङ । बागलुङको निसीखोलास्थित निसी प्रहरी चौकीमा कार्यरत प्रहरीहरु जीर्ण भवनमा बस्न बाध्य छन् ।

चौकीका लागि बजेट विनियोजन भएपनि जग्गा व्यवस्थापन हुन नसक्दा प्रहरीहरु पानी चुहिने भवनमा बस्न बाध्य भएका हुन् ।

प्रहरी भवन निमार्णका लागि विनियोजन गरिएको जग्गा वर्षाैंदेखि व्यक्तिले चलाउँदा भवन निर्माण हुन नसकेको हो ।

भवनको नाममा विनियोजन गरेको ७ लाख ५० हजार रुपैयाँ वर्षौँदेखि स्थानीय थम्मन घर्ती मगर, टंक पुन मगर र हिराबहादुर पुनले व्यक्तिगत रुपमा प्रयाग गर्दा अहिलेसम्म जग्गा व्यवस्थापन हुन नसकेको हो ।

स्थानीय थम्मन घर्ती मगरले चार लाख चलाएको खुलेको छ । त्यस्तै टंक पुनले साढे दुई लाख रुपैयाँ चलाइएको पाइएको छ । प्रहरी चौकी निर्माणका जग्गा व्यक्तिले प्रयोग गरेर नतिरेपछि प्रहरी भवन निर्माण अलपत्र परको प्रहरी चौकी निसीका प्रमुख लालमणि भट्टटाईले जानकारी दिनुभयो ।