१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमालेको नेपाल पक्षले डाकेको केन्द्रीय कमिटी बैठकप्रति संस्थापनको आपत्ति, विज्ञप्ति निकाल्दै भन्यो, ‘एमालेले कुनै बैठक डाकेको छैन’


0
Shares

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधव नेपाल पक्षले डाकेको केन्द्रीय कमिटी बैठकप्रति आपत्ति जनाएको छ ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङले हिजो राती विज्ञप्ति गर्दै नेपाल पक्षले बिहिबारका लागि डाकेको बैठकलाई अनाधिकृत भन्दै आपत्ति जनाएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको नामबाट साउन २१ गते बैठक आयोजना गरिएको भन्ने सुनिएको भन्दै विज्ञप्तिमा साउन २१ गते पार्टीले कुनै वैठक नडाकेको उल्लेख गरिएको छ ।

पटक पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरित हुने भन्दै तामाङले जारी गरेको विज्ञप्तिमा त्यस्ता गतिविधिमा नलाग्न पार्टी कार्याकर्तालाई भनिएको छ ।

पार्टी भित्रको विवादबारे सुझाव लिन भन्दै नेपाल पक्षले बुधबारका लागि आफ्नो समूहको केन्द्रीय कमिटी वैठक डाकेकोमा केही सदस्यहरु उपत्यका बाहिर रहेको भन्दै वैठक विहिबारका लागि सारिएको छ ।

आफ्नो समूहका केन्द्रीय सदस्यहरुको राय लिएर मात्रै नेता नेपालले पार्टी एकता सम्बन्धि निर्णय लिने बुझिएको छ ।