७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


ब्याट्रीको एउटा टर्वाइन बिग्रिदाँ नवलपुरको हावा बिजुलीको उत्पादन घट्यो, स्थानीय अन्धकारमै बस्न बाध्य


0
Shares

विवेक भण्डारी
नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिका धौवादी रुद्रपुरमा हावाबाट बिजुली निकाल्ने परियोजनाको उत्पादनमा कमी आएको छ । बिजुली उत्पादन गर्ने समग्रीहरुमा मर्मत नभएको हुँदा उत्पादन घटेको हो ।

बिजुलीबाट लाभान्वित हुँदै आएका ४२ घर परिवार हाल १ घण्टा मात्र बिजुली उपभोग गर्न पाएका छन् । ब्याट्रीको एउटा टर्वाइनमा समस्याले सिंगो गाउँले निकै समस्या भोग्नुपरेको स्थानीयले गुनासो गरेका छन् ।

निर्माण गरिएको पहिलो वर्षमा तोकिएअनुसार पर्याप्त विद्युत उत्पादन भएकोले यहाँका स्थानीयले चौबिसै घण्टा विद्युतको प्रयोग गरिरहेका थिए । जसबाट रुद्रपुरमा रहेको इलाका प्रहरी कार्यालय र ४२ घरधुरी लाभान्वित भएका थिए ।

पहिले–पहिले टीभी चलाउन, रेडियो बजाउन, मोबाइल चार्ज गर्न सबै मिल्ने भएपनि अहिले भने जेनतेन साँझ १ घण्टामात्र बत्ती बाल्न सकिने स्थानीयले जनाएका छन् । बिजुली नहुँदा यहाँका प्राय विद्यार्थीहरुलाई समस्या परेको छ ।

बिद्यालयहरु बन्द रहेको समयमा अनलाईन कक्षा लिन समस्या भएको छ । यता, परियोजनाको मर्मत सम्भारका लागि प्रदेश सरकारबाट सहयोग हुने र आफुहरु पनि मर्मत सम्भारका लागि छलफलमा जुटि रहेको हुप्सेकोट गाउँ पालिकाका प्रमुख लक्ष्मी पाण्डेले जानकारी गराउनुभएको छ ।

रुद्रपुरमा २०६८ सालमा एसियाली विकास बैंकको सहयोगमा हावाबाट बिजुली निकालिएको थियो । २ करोड बाढीको लागतमा संचालित परियोजनाको हावाबाट १० किलोवाट र सोलारबाट २ किलोबाट गरी १२ किलोवाट विद्युत उत्पादनको क्षमता रहेको छ ।

भएका स्रोतको सदुपयोग र व्यवस्थापन गर्न नसक्दा स्थानीय विद्युतको अभावमा स्थानीयहरु गुज्रिएका छन् । यसमा सम्बन्धित निकायले ध्यान जान जरुरी देखिन्छ ।(हेर्नुहोस् भिडियो)