१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जिफन्ट भन्छ- ‘सामाजिक सुरक्षा कोषविरुद्ध योजनावद्ध षडयन्त्र सुरु भयो’


0
Shares

काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)ले सामाजिक सुरक्षा कोष विरुद्ध योजनावद्ध षडयन्त्र सुरु भएको जनाएको छ ।

सर्वोच्च अदालतले सामाजिक सुरक्षा कोष सम्बन्धमा हालै दिएको अन्तरिम आदेश सच्चिने विश्वास पनि जिफन्टले गरेको छ । गत मंगलबार सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्था स्वेच्छाले आवद्ध भएकामा बाहेक सामाजिक सुरक्षा कोषमा आवद्ध हुन दबाब नदिन अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश नसच्चिएमा श्रम बजारमा अराजकता उत्पन्न हुने ठोकुवा जिफन्टले गरेको छ । ट्रेड युनियन महासंघहरू र उद्योग व्यवसायीहरूका संगठनबीच २०६७ साल चैत १० गते सामाजिक सुरक्षा लागू गर्ने सम्झौता भएको थियो । त्यसपछि २०७४ सालमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन जारी भएको थियो ।