
एजेन्सी । न्युजिल्याण्ड क्रिकेट टीमले १८ वर्षपछि पाकिस्तानको भ्रमण गर्ने भएको छ ।
आगामी सेप्टेम्बर र अक्टोबरमा न्युजिल्याण्डको टीम भ्रमणमा आउने पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ । पछिल्लो पटक न्युजिल्याण्डले २००३ मा पाकिस्तानको भ्रमण गरेको थियो । घरेलु टिमसँग न्युजिल्याण्डले एकदिवसीय र ट्वेन्टी–ट्वेन्टी सिरिज खेल्नेछ ।
दुई टोलीबीच तीन खेलको एकदिवसीय र पाँच खेलको ट्वेन्टी–ट्वेन्टी सिरिज रावलपिन्डीको पिन्डी क्रिकेट मैदान र लाहोरको गद्दाफी स्टेडियममा हुने आईसीसीले जनाएको छ ।
२००९ मा पाकिस्तानमा श्रीलंकाको क्रिकेट खेलाडी चढेको बसमा आक्रमण भएपछि विश्वका उत्कृष्ट टीमले पाकिस्तानको भ्रमण गरेका थिएनन् ।
प्रतिक्रिया दिनुहोस्