
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय समिति वैठक आज पनि बस्दैछ ।
राजधानीमा हिजोदेखि शुरु भएको वैठकले संस्थापनसंगको एकता प्रक्रिया जाने वा अगल बाटो तय गर्ने भन्ने विषयमा आधिकारिक निर्णय लिने छ ।
हिजोको वैठकमा वरिष्ठ नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म गरेका गल्ती स्वीकारेर आत्मआलोचना गरे मात्र पार्टी एकता हुने बताउनुभएको थियो ।
आफूहरु धेरै अघि बढिसकेको भन्दै उहाँले ओली सच्चिन तयार नभए पार्टी एकता नहुने स्पष्ट सन्देश दिनुभएको थियो । नेपालले सम्मानजनक हैसियतमा पार्टी एकता हुने वातावरण तयार नहुँदासम्म केपी ओलीसँग मिसिनु राजनीतिक रुपमा आत्महत्या सरह हुने टिप्पणी समेत गर्नुभयो ।
बैठकमा सहभागीहरुलाई बोल्ने समय ३/३ मिनेट छुट्याइएको छ ।
प्रतिक्रिया दिनुहोस्