७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


सडक भासिएपछि मेलम्ची–जिरोकिलो सडकखण्ड अवरुद्ध


0
Shares

काठमाडौं । मेलम्ची नगरपालिका – १३ फटकशिला स्थित राताे पहिरोमा सडक भासिएपछि यातायात सेवा अवरुद्ध भएको छ ।

मेलम्ची–जिरोकिलो सडकखण्ड स्थित फटकशिला ठाडो पहिरोमा ईन्द्रावती नदीले बाटो कटान गरेपछि मेलम्चीतर्फ जाने र मेलम्चीबाट आउने यातायात सेवा अवरुद्ध भएको हो ।

२० मिटर सडकलाई नदीले कटान गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिनुभयो ।

अहिले मेलम्चीबाट काठमाडौं र काठमाडौंबाट मेलम्ची जाने सबै यातायातका साधन र यात्रु अलपत्र परेका छन् । वैकल्पिक मार्गबाट बाटो खुलाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।