१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चोरीका मोबाईलसहित दुई पक्राउ


0
Shares

नवलपरासी । नवलपरासी प्रहरीले ७८ लाख रुपैयाँ बराबरका मोबाइल सेट बरामद गरेको छ ।

भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा दुम्किवासबाट गएराती ५ सय ९५ थान मोबाइल बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी दिलिप कुमार गिरीले कारमा लैजादै गरेका मोबाइल सेटसहित २ जनालाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–८ का अर्जुन ढकाल र सोही महानगरपालिका–२१ का इन्द्रलाल श्रेष्ठ छन् ।