१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सम्मानजनक अवस्था नआए पार्टी एकता गर्न नहुने नेपाल पक्षका नेताहरूको सुझाव


0
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट केन्द्रीय कमिटी सदस्यहरूले सम्मानजनक अवस्था नआए पार्टी एकता गर्न नहुने सझाव दिएका छन् ।

बुधबारबाट सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले सुझाव दिने क्रममा सम्मानजनक अवस्था नआए पार्टी एकता गर्नन नसकिने बताएका हुन् । उनीहरूले अध्यक्ष केपी शर्मा ओली समूहनै एकताका लागि बाधक भएकाले आशंका कायमै रहेको विचार व्यक्त गरेका थिए ।

आशंकाका बीच पहिलो प्राथमिकता भने पार्टी एकता नै हुनुपर्नेमा नेताहरू सुझाव दिएका छन् । दश बुँदे सहमतिले एकताको आधार तयार पारे पनि त्यसपछिका निर्णयहरूले एकता बिथोल्ने काम भएको नेताहरूले बताएका छन् ।

विशेष गरी अध्यक्ष ओलीले एक्लौटी बैठक राखेर निर्णय गर्ने, गम्भीर आरोप लगाएर सार्वजनिक अभिव्यक्ति दिने क्रम नरोकिँदा इमान्दार एकताको पक्षमा नरहेको पुष्टि हुने नेताहरूको भनाइ थियो ।