
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले भारतको राष्ट्रिय टिमसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
आगामी भदौमा नेपाली टोलीले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ(एन्फा)ले जनाएको छ । मैत्रीपूर्ण खेल भदौ १७ र २० गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एन्फाले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।
नेपालले हालसम्म भारतसँग १९ खेल खेलेको छ । जसमा भारतले १३ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ४ खेल बराबरीमा सकिएको छ । नेपालले पछिल्लो पटक भारतलाई २०१३ को साफमा २–१ ले हराएको थियो ।
प्रतिक्रिया दिनुहोस्