१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बैतडीमा मृत भेटिएकी महिलाको भेजाइनल स्वाब र भिसेरा परीक्षणका लागि काठमाडौं पठाइयो


13
Shares

विनोद सिंह विष्ट
बैतडी । जिल्लाको मेलौलीमा मृत फेला परेकी महिलाको भेजाइनल स्वाब परीक्षण लागि प्रयोगशाला पठाइएको छ ।

डडेल्धुराको भागेश्वर गाउँपालिका–३ लामीकाँडेकी ३६ वर्षीया खेट्टी मल्ल साउन ८ गते बैतडीको मेलौली नगरपालिका –७ ल्वाथलीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

महिलाको मृत्यु कसरी भयो भन्ने पुष्टि गर्नका लागि भेजाइनल स्वाब र भिसेरा केन्द्रिय प्रहरी विधिविज्ञान प्रयोगशाला काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको शव परीक्षण रिपोर्टमा भने हृदयघातका कारण महिलाको मृत्यु भएको बताइएको छ । महिलाको शरीरमा बाहिर देखिने कुनै घाउ तथा चोट केही थिएन ।

साउन ७ गते घरबाट मेलौली–५ सेरीस्थित माइती जान लागेकी उनको माइतीघर नपुग्दै मृत अवस्थामा फेला परेकी हुन् । घरपरिवार तथा आफन्तले मृतक महिलाको दाहसंस्कार गरिसकेका छन् ।