७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


तालिवानकाे सक्रियता बढेपछि रुसले बोलायो चार देशको बैठक, भारत परेन


0
Shares

एजेन्सी । रुसले तालिवानको बढ्दो आक्रमणपछि अफगानिस्तानको बिग्रदो अवस्था बारे छलफल गर्न महत्वपूर्ण बैठक बोलाएको छ । बैठकका लागि रुसले अमेरिका, चीन र पाकिस्तानलाई आमन्त्रित गरेको छ । तर, भारतलाई भने बोलाइएको छैन ।

अफगानिस्तानमा तालिवानको कब्जा बढिरहेको छ । रुसले अफगान शान्ति प्रक्रियामा बल दिनका लागि सरोकारवाला राष्ट्रहरूको बैठक बोलाएको हो । यो बैठकको नाम एक्सटेन्डेड ट्रोइका नाम दिइएको छ ।

बैठक यही अगस्ट ११ मा कतार बस्ने छ । बैठकमा भारतलाई नबोलाइएको विषयमा अनेक अडकलबाजी सुरु भएको छ । यसअघि रुसी विदेशमन्त्री सर्गेई लावरोवले आफूहरू अफगानिस्तानको मामिलामा भारतलाई साथमा लिएर काम गर्ने बताउनुभएको थियो ।

तर, अहिले रुसले भारत एक्सटेन्डेट ट्रोइकाको हिस्सा बन्न नसक्ने जनाएको छ । उसले तालिवानमाथि भारतको कुनै प्रभाव नरहेको भन्दै दुवै पक्षलाई प्रभाव पार्ने राष्ट्र मात्र बैठकमा सहभागी हुने बताएको छ ।