
काठमाडौं । बाढीपहिराले पुर्याएको क्षति निरीक्षणका लागि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल हिमाली जिल्ला मनाङ पुग्नुभएको छ ।
असार १ गतेको बाढीपहिरोले मनाङ भएको भौतिक क्षतिको अवलोकन गर्न उहाँहरु मुस्ताङ पुग्नुभएको हो । पूर्वप्रधानमन्त्री दाहाल, ऊर्जामन्त्री भुसालसँगै पूर्व मन्त्रीद्वय देव गुरुङ र टेकबहादुर गुरुङ, ऊर्जा सचिव, विद्युत् प्राधिकरणका प्रमुखलगायतको टोलीले मनाङमा बाढीपहिरोले क्षति पु¥याएका क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम छ ।
टोलीले मनाङ ङिस्याङ गाउँपालिकाको तिमाङ, चामे गाउँपालिकाको चामे, नासों गाउँपालिकाको दानाक्यु, तिल्चेताललगायतका स्थानको भौतिक क्षति पुगेको संरचनाको अवलोकन गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो ।
उहाँहरूले भौतिक क्षति पुगेको संरचनाको मर्मत तथा सम्भारका सम्बन्धमा सम्बन्धित निकायसँग छलफल गर्ने कार्यक्रमसमेत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्