१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इलामको चिया बगानमा अनुगमन, विषादी घर ‘सिल’


0
Shares

इलाम । चियाको पकेट क्षेत्रमा प्रतिबन्धित र मानव स्वास्थ्यको लागि घातक औषपधिको प्रयोग बढ्दै गएपछि राष्ट्रिय चिया तथा कफी विकास बोर्डले अनुगमन थालेको छ ।

मापदण्ड विपरीत इलामको कन्याम चिया बगानमा विषादीको प्रयोग भएको पाइएपछि विषादी घर शनिबार सिल गरिएको हो । मजदूरको स्वास्थ्यमा समेत ध्यान नदिइ प्रयोग हुँदै आएको बगानको विषादी भण्डारण कक्षमा अनुमगन टोलीले सिल गरेको हो ।

अर्गानिक चिया उत्पादनलाई प्राथमिकता दिँदै आएको अवस्थामा मात्रा नमिलाई उत्पादन बढाउने उदेश्यले विषादीको प्रयोग भएकाले भण्डारण कक्षमा सिल गरिएको चिया विस्तार योजना फिक्कलका प्रमुख इन्द्र अधिकारीले बताउनुभयो ।

अनुगमनका क्रममा चिया बगानमा विषादी प्रयोग गर्ने मजदुरले स्वास्थ्य सुरक्षाका मापदण्ड समेत नअपानाएको पाइएको छ । मजदुरले विषादी प्रयोग गर्दा माक्स, पञ्जा, एप्रोन नलगाएको अधिकारीले जानकारी दिनुभयो । विषादी प्रयोग गर्दा अपनाउनुपर्ने मापदण्डसमेत पालना नगर्दा मजदुरको स्वास्थ्यमा गम्भीर असर परेको उहाँको भनाइ छ ।