
दिपेन्द्र अधिकारी
काठमाडौं । कक्षा १२ को परीक्षा दोस्रो पटक परीक्षा स्थगित हुनासाथ शैक्षिक सिँढी चढ्ने विद्यार्थीको सपना ध्वस्त भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगित गरेर विकल्प नदिएपछि कक्षा १२ का ३ लाख ७२ हजार बढी विद्यार्थीको पढाइ गिजोलिएको छ ।
बोर्डले अर्को परीक्षाको लागि १५ दिन अगाडी सूचना जारी गर्ने जनाएको छ । तर, त्यो तिथि कहिले आउँछ भन्नेमा सर्वत्र शंका छ । विकल्प नदिएर यस्तो अमूर्त निर्णय लिनु विद्यार्थीमाथिको खेलवाड भएको अभिभावकको बुझाइ छ ।
विद्यार्थीलाई अन्योलमा राखेर समस्याको समाधान नदिनु परीक्षा बोर्डको लाचारी भएको अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी बताउनुहुन्छ । बोर्डले निर्णय गर्न नसक्दा विद्यार्थीलाई झन् मानसिक तनाव थपिएको उहाँको भनाइ छ ।
बोर्डले यअसघि परीक्षा कार्यक्रम तय गर्दा एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राख्ने, परीक्षा केन्द्रमा स्वास्थ्य परीक्षण, परीक्षाअघि अनिवार्य पीसीआर परीक्षण, केन्द्रमा हेल्थ डेक्स राख्ने लगायत तयारी गर्न सबै केन्द्रलाई निर्देशन दिएको थियो । त्यसैले परीक्षा गराउन तयार विद्यालय सञ्चालकहरू भने परीक्षा स्थगत गर्नुपर्ने कारण नै देख्दैनन् ।
विकल्प नदिएकोमा शिक्षाविद् पनि असन्तुष्ट छन्, परिस्थति नै कठीन रहेकाले अहिले स्थगतको विकल्प नभएको शिक्षाविद् डा. बालचन्द्र लुइँटेटल बताउनुहुन्छ । विकल्परहित निर्णय गरेर बोर्डले विद्यार्थीलाई अन्योलमा राखेको उहाँको बुझाइ छ । एसईईको मोडलमा विद्यार्थीको परीक्षा गर्न सकिने उहाँको सुझाव छ ।
कोरोना संक्रमण्को जोखिम आँकलन गरेर परीक्षा स्थगित गर्नु उपयुक्त मान्न सकिए पनि विद्यार्थीलाई अन्योलमा राख्नु न्यायोचित होइन । त्रिभुवन विश्वविद्यालयको परीक्षा वैकल्पिक माध्यमबाट गर्न कार्यकारी परिषद्ले स्वीकृति दिइसकेको छ ।
एकातिर परीक्षा सम्बन्धमा सीसीएसीको निर्णय कुर्दैछ भने अर्कोतिर वैकल्पिक विधिबाट परीक्षा गर्न कार्यविधिको तयारीमा विश्वविद्यालय छ । तालुकदारहरूमा आन्तरिक मुल्याङ्कन वा वैकल्पिक माध्यमबाट परीक्षा गर्दा जहाज नै डुब्छ भन्ने साेचले विद्यार्थीको शैक्षिक तालिका भूमरीमा फसेको छ ।
प्रतिक्रिया दिनुहोस्