
काठमाडौं । रियालिटि शो भ्वाइस अफ नेपाल सिजन–३ का विजेता किरण गजमेर बन्नुभएको छ ।
शनिबार राति भएको ग्रान्ड फिनालेमा किरणले तारा शिरिस मगर, ज्वाला राई र आर्यन तामाङलाई पछि पार्दै भ्वाइस अफ नेपाल सिजन–३ को उपाधी जित्नुभएको हो ।
उपाधीसँगै गजमेरले २५ लाख रुपैयाँ जित्नुभएको छ । उहाँ कोच प्रमोद खरेलको टिमका प्रतिस्पर्धी हुन् ।
यसअघि भ्वाइस अफ नेपाल सिजन–१ मा सिडी विजय अधिकारी र सिजन–२ राम लिम्बू विजेता बनेका थिए ।
प्रतिक्रिया दिनुहोस्