१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


म्यान्चेस्टर सिटीलाई हराउँदै लेष्टर सिटीले जित्यो कम्युनिटी शिल्डको उपाधि


0
Shares

एजेन्सी । यस वर्षको कम्युनिटी शिल्ड फुटबल प्रतियोगिताको उपाधि लेष्टर सिटीले जितेको छ ।

इंग्ल्याण्डको वेम्बलेमा गएराति भएको खेलमा म्यान्चेस्टर सिटीलाई १–० ले हराउँदै लेष्टर सिटीले कम्युनिटि शिल्ड जितेको हो ।

खेलमा लेष्टर सिटीका लागि सब्सटिच्युट खेलाडी केलेचि इहिनाचोले ८९ औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरे ।

कम्युनिटी शिल्ड फुटबललाई इंग्लीश फुटबलको नयाँ सिजनको सुरुवात मानिन्छ । अघिल्लो वर्षको प्रिमियर लिग च्याम्पियन र एफए कप च्याम्पियनले यो खेलमा प्रतिस्पर्धा गर्दछन् ।

नयाँ सिजनको इंग्लीश प्रिमियर लिग फुटबल अर्को हप्ता सुरु हुँदैछ । यसपटकको पहिलो खेलमा शुक्रवार राती आर्सनलले प्रिमियर डिभिजनको नवप्रवेशी ब्रेन्टफोर्डसँग खेल्नेछ ।