७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


बेनी–जोमसोम सडक ६ दिनपछि सञ्चालनमा आयो


0
Shares

काठमाडौं । हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक ६ दिनपछि सञ्चालनमा आएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका ३ काभ्रेमा खसेको पहिरो र स्थानीयबासीको अवरोधका कारण साउन १८ गतेदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा यातायात बन्द भएको थियो ।

मुस्ताङका जनप्रतिनिधि, दुवै जिल्लाका प्रशासन, सुरक्षा निकाय र बेनी–जोमसोम–कोरला सडक आयोजनाको पहलमा सडक मर्मत गरी हिजो साँझदेखि यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

सडक विस्तारकोक्रममा पहिराले क्षति पु¥याएको जग्गा जमिनको क्षतिपूर्ति र जोखिममा परेका बस्ती संरक्षण माग गर्दै काभ्रेका बासिन्दाले सडक मर्मत र निर्माणमा अवरोध गरेका थिए । बेनी–जोमसोम सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्लाका स्थानीयवासी समस्यामा परेका थिए ।