
किरण थापा
सिन्धुपाल्चोक । असार १ र साउन १६ मा आएको बाढीबाट सिन्धुपाल्चाकको हेलम्बु र मेलम्चीका सयौं स्थानीय प्रभावित भएका छन् । बाढीले ब्यक्तिगत र सार्वजनिक सम्पतिमा ब्यापक क्षति पु¥याएको छ । बाढीका कारण सबथोक गुमाउँदा विक्षिप्त बनेका स्थानीयहरु पुनर्वासको पर्खाइमा छन् ।
असार १ गते आएको बाढीले जिल्लाको हेलम्बुको तिम्बुबजार, किउल, ढुंग्रेबजार, चनौटे बजार, ग्याल्थुम, तालामाराङ र मेलम्चीमा ठुलो मात्रामा मानवीय तथा भौतिक क्षति पुगेको छ । आफन्त तथा घर खेत बगाएपछि हाल टेन्ट तथा त्रिपालको सहारा लिएर बसेका बाढी पीडितहरु नयाँ बासस्थानको खोजीमा रहेका छन् । बाढीका कारण अझैपनि नदी आसपास रहेका बस्तीहरु जोखिममा छन् । जतिसक्दो छिटो सुरक्षित स्थानको पहिचान गरी पुर्नवासको व्यवस्था गर्नुपर्ने हेलम्बु २ का जीमी तामाङको भनाई छ ।
सडक सञ्जाल, विद्युत सेवा र टेलिफोनजस्ता सुविधाबाट हेलम्बुवासी वञ्चित रहेका छन् । दैनिक उपभोग्य सामान लिन जान समेत कठिन भईरहेको छ । स्थानीयहरूले राहत भन्दा पनि तत्काल पुर्नवासको व्यावस्था भएमा टेन्टको कष्टकर बसाईको अन्त्य हुने बताउँछन् ।
गणेशे बगर र सिम बजारबाट विस्थापित भएकाहरु अहिले भानचौरको खेतमा आश्रय लिएर बसिरहेका छन् । खोलाको वहाव बढ्दा अझैपनि उनीहरु निदाउन सक्दैनन । बाढीले आफ्नो भएको सबै लगेपनि ज्यान बचाउन सफल भएको उनीहरुले बताएका छन् । अब सबै निकायले पहल गरी पुर्नवासको व्यवस्था गरे प्रभावकारी हुने स्थानीय लिला बहादुर ज्योती बताउनुहुन्छ ।
बाढीका कारण हेलम्बुको गणेशे बगरको समुदाय नै बगर बनेकोे छ । बाढी गएपछि एकै ठाउँमा टेन्टमा बस्नुपर्दा दैनिकी झन कस्टकर वनेको छ । रोग र भोकको कारण समस्यामा पर्ने अवस्था आएको उनीहरुले बताएका छन् ।
सहक, बिजुली र पुलबाट सम्बन्ध बिच्छेद भएको हेलम्बुमा तत्काल बेलिब्रिज राख्न सके दैनिक जीवन सहज हुने थियो । यसका साथै विस्थापीत भएकाहरुलाई तत्कालै सुरक्षित स्थान पहिचान गरी पुर्नवासको व्यवस्था मिलाउन तिनै तहका सरकारले जोड दिन जरुरी छ ।(भिडियो हेर्नुहोस्)
प्रतिक्रिया दिनुहोस्