१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जंगली बँदेलको आक्रमणबाट प्रहरी हवल्दार घाइते


0
Shares

विनोद सिंह विष्ट,

बैतडी । जंगली बँदेलको आक्रमणबाट बैतडीमा आज एकजना प्रहरी हवल्दार घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको सुर्नया गाउँपालिका ४ घर भएका प्रहरी हवल्दार ३६ वर्षीय राम लुहार रहेका छन् ।

महानगरीय प्रहरी कार्यालय काठमाडौं रानीपोखरीमा कार्यरत रहेका रामको घर बिदामा आएका बेला जंगली बँदेल आक्रमण गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो ।

आइतबार बिहान साढे ८ बजे घर नजिकैको मकैबारीमा काम गरिरहेका बेला रामलाई बँदेलले आक्रमण गरेको हो । प्रहरी निरीक्षक ओझाले भन्नुभयो,“ आक्रमणबाट रामको हात र खुट्टामा चोट लागेको छ, जिल्ला अस्पतालमा सामान्य उपचारपछि धनगढी रेफर गरिएको छ । ”आक्रमणबाट घाइते भएका रामको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

केही वर्षयता बैतडीमा जंगली बँदेलले आतंक मच्चाउने गरेका छन् । बँदेलले मकैबाली नष्ट गर्नुका साथै मानिसहरुलाई समेत आक्रमण गर्न थालेपछि समस्या भएको छ ।

यसअघि यही साउन २० गते बँदेलका लागि थापेको विद्युतीय धरापमा परेर बैतडीको सुर्नया गाउँपालिका ५ का दुई युवकको मृत्यु समेत भएको थियो ।