२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा क्लबहरु व्यस्त


0
Shares

एजेन्सी । युरोपमा घरेलु लिग फुटबल प्रतियोगिताहरु सुरु हुनैलाग्दा चर्चीत क्लबहरु यतिवेला मैत्रिपूर्ण खेलमा व्यस्त छन् । स्पेनिस फुटबल क्लब बार्सिलोनाले गएराती इटालीको युभेन्टसलाई ३–० ले हरायो ।

खेलमा बार्सालाई विजयी गराउन मेम्पीस डिपे, मार्टीन ब्रेथवेट र रिकार्ड पुगले एक एक गोल गरे । स्टार खेलाडी लियोनल मेस्सीले क्लबबाट भावपूर्ण विदाई लिएकै दिन बार्सिलोनाले युभेन्टसलाई ३–० ले हराएको हो ।

हिजै भएको अर्को मैत्रिपूर्ण खेलमा रियाल मड्रिड र एसी मिलानले गोलरहित बराबरी खेलेका छन् । लिभरपुलले एथ्लेटिक बिल्बाओसँग १–१ गोलको बराबरी खेल्दा रियाल बेटिसले ए.एस. रोमालाई ५–२ ले हराएको छ । यसैगरी टोटनह्याम हट्सपरले आर्सनललाई १–० ले हराएको छ ।