१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


अफगानिस्तानमा चार दिनमा ६ प्रान्तको राजधानी विद्रोहीको कब्जामा


0
Shares

एजेनसी । अफगानिस्तानमा तालिबान विद्रोहीले सामानगन प्रान्तको राजधानी आएबक शहर पनि नियन्त्रणमा लिएको छ । योसंगै तालीवानले पछिल्ला चार दिनमा ६ वटा प्रान्तीय राजधानी कब्जामा लिन सफल भएका छन ।

तालिबान लडाकूहरुले यसअघि ५ वटा प्रान्तीय राजधानी नियन्त्रणमा लिइसकेको दाबी गरेका छन् । तालीवानले कब्जामा लिएका शहरहरुमा तालिबान लडाकु र अफगान सेनाबीच संघर्ष भने जारी नै छ ।

लडाकूहरूले कुन्दुज प्रान्तको प्रहरी मुख्यालय, गभर्नरको कार्यालय, कारागार लगायत समेत नियन्त्रणमा लिइसकेका छन् ।

तालिबान लडाकूहरूले अहिलेसम्म कुन्दुज, तखार, जौजान, निम्रोज, सार–ए–पोल र सामानगन प्रान्तमा विजय हासिल गरेका छन् । हेरात, कान्दाहार र हेलमन्द प्रान्तको अधिकांश भागमा पनि तालिवान विद्रोहीकै पकड छ ।