२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


‘संयुक्त सरकारको न्यूनतम कार्यक्रममा नेपाली कांग्रेसको अनुहार कहिँ भेटिन, एमसीसी खोइ ?’


0
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा नेपाली कांग्रेसको अनुहार कतै पनि नभेटिएको बताउनुभयो ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा नेपाली कांग्रेसको कुनै पनि नीति नसमेटिएको बताउनुभयो । ‘यो कार्यक्रममा सबै पार्टीको कुरा समेटिएको देखियो,’ उहाँले प्रश्न गर्नुभयो, ‘कांग्रेस नेतृत्वको सरकारमा कांग्रेसकै नीति छैन ।’

ओलीले कार्यक्रममा साना मसिना विषय समेटिएको भन्दै एमसीसी लगायतका विषयको बारेमा नबोलेको भन्दै तिखो टिप्पणी गर्नुभयो । एमसीसीको सन्दर्भमा सरकार चुप लागेर सरकारले कस्तो चरित्र देखाउन खोजेको हो भन्दै प्रश्न गर्नुभयो ।

उहाँले देउवा तेतृत्वकै सरकारको पालामा हस्ताक्षर भएको एमसीसी सम्झौताको विषयमा प्रधानमन्त्री किन नबोलेको भन्दै प्रश्न गर्नुभयो ।

ओलीेले प्रधानमन्त्री देउवालाई एमसीसी, नेपालका भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी तथा सीमासम्बन्धी समस्याको सन्दर्भमा आफ्नो स्पष्ट धारणा राख्न आग्रह गर्नुभयो ।