८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


‘विज्ञान र प्रविधिको विकासबाट मात्र मुलुक समृद्ध’


0
Shares

काठमाडौ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले विज्ञान र प्रविधिको क्षेत्रको विकासबाट मात्र समृद्ध मुलुक निर्माणको सपना सम्भव हुने बताएका छन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नाष्टको ३७ औं वार्षिक अवसरमा आज(शुक्रबार) ललितपुरमा भएको कार्यक्रममा उनले प्रविधिको विकासबाट मात्र मुलक समृद्ध हुने बताएका हुन ।

नेपाल नयाँ युगमा प्रवेश गरेको भन्दै उनले प्रविधिको विकासमा सरकार दत्तचित्त भएर लागेको बताए ।

अनुसन्धान र विकासलाई सँगसँगै अगाडि बढाउनु पर्ने भन्दै विज्ञान र अनुसन्धानको क्षेत्रमा युवाहरुलाई प्रोत्साहित गर्नु पर्नेमा जोड दिए ।

विज्ञान र प्रविधिको क्षेत्रमा सरकार नयाँ ढंगले अगाडि बढेको भन्दै विज्ञान र प्रविधिको विकासका लागि दशदेखि पाँचबजेको सिमित घेराबाटमात्र सम्भव नहुने बताए । 

कार्यक्रममा विज्ञान र प्रविधिको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै डाक्टर हरिदत्त लेखक, इन्जिनियर पदमबहादुर क्षेत्रीलगायतलाई सम्मन गरिएको थियो ।