
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट जिल्ला सभापतिहरूको भेला जारी छ ।
मंगलबार ठमेलस्थित होटल यात्रीमा जारी भेलामा महत्वपूर्ण ४ विषयमा छलफल हुने महामन्त्री शशांक कोइरालाले जानकारी दिनुभयो ।
भेलामा विशेष महाधिवेशन, क्रियाशील सदस्यता लफडा, सरकारको प्रभावकारिता र आगामी निर्वाचनका विषयमा छलफल हुने उहाँले बताउनुभयाे ।
बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला सहित सुजाता कोइराला समेत सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्