१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता


0
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सभाुमख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।

संघीय संसद् भवन नयाँबानेश्वस्थित सभामुखको कार्य कक्षमा भएको भेटमा सदनलाइ प्रभावकारी बनाउने, विधेयकहरूलाई अघि बढाउने लगायतका विषयलाई छलफल भएको सभाुमखका सञ्चारविज्ञ श्रीधर न्यौपानले जानकारी दिनुभयो ।

भेटमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, अर्थमन्त्री जनार्दन शर्मा पनि सहभागी हुनुहुन्थ्यो ।

प्रधानमन्त्री भएपछि देउवाले पहिलोपटक सभामुख सापकोटलाई भेट्नुभएको हो । मंगलबार प्रतिनिधिसभाको बैठकमा सहभागी हुन संसद् भवन पुग्नुभएका प्रधानमन्त्री देउवाले सभामुुखसँग छलफल गर्नुभएको हो ।

सरकारले जारी गरेको संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा सदनमा रहेको बाँकी विधेयकलाई तीन महिनाभित्र पूर्णता दिने विषय समेटिएको छ । साझा न्यूनतम सरकारकाले आइतबार सार्वजनिन गरेको थियो ।