
एजेन्सी । यौन हिंसामा संलग्न रहेको आरोप पुष्टी भएपछी अमेरिकी राज्य न्युयोर्कका गभर्नर एन्ड्रीउ कुमोले राजिनामा दिनुभएको छ ।
११ महिलालाई यौनजन्य हिंसा गरेको छानबिनबाट पुष्टी भएपछी राजीनामा दिन दबाब बढेपछी कुमोले राजीनामा दिनुभएको हो ।
न्युयोर्कका महान्यायाधिवक्तको कार्यालयले कुमोले यौनजन्य हिंसा गरेको ५ महिना लामो छानबिन प्रतिवेदन सार्वजनिक गरेको थियो ।
ती ११ महिलाहरुमाथि बिभिन्न प्रकारको यौन हिंसा गरेको भन्दै बिगत पाँच महिना अघी उजुरी परेको थियो । सत्ताधारी डेमोक्रेटिक पार्टीका नेता कुमो सन् २०११ देखि निरन्तर न्युयोर्कको गभर्नर पदमा रहनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्