
बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका प्रमुख कृष्ण पौडेल सम्पर्कविहीन हुनुभएको छ ।
कामै नगरी फोहोर संकलनको रकम नातेदारको कम्पनीलाई भुक्तानी दिएकोमा ब्यापक आलोचना भईरहेको बेला उहाँ सम्पर्क बिहिन हुनुभएको हो । फोहोर व्यवस्थापनको कामै अघि नबढाई भुक्तानी दिइएको समाचार ईमेज च्यानलमा प्रसारण भएपछि मेयर पौडेल अप्ठेरोमा पर्नुभएको थियो ।
उता, फोहर ब्यबस्थापन आफन्तको कम्पनी भएको कारण पौडेलले दबाब दिन नसक्ने बुझेए पछि सिमराका बडा सदस्य धन बहादुर श्रेष्ठ सहित युवाहरुले आफनै खर्चमा फोहर उठाई ब्यबस्थापन थालेका छन । दुई बर्ष अघि मेयर पौडेलका नातेदार नवराज खतिवडाको ग्रिन एण्ड क्लिन सिटी प्रालि र उपमहानगरबीच फोहोर व्यवस्थापन सम्बन्धि गोप्य सम्झौता भएको थियो ।
कम्पनीले फोहर संकलनमा चासो नराख्ने तर रकम सम्झौता अनुसारनै लैजाने गरेको सूचना बाहिरिएपछि मेयर पौडेल र कम्पनी संचालकबिच नाता सम्बन्ध र गोप्य सम्झौता भएको खबर सार्वजनिक भएको हो । पौडेलका नातेदार सञ्चालक खतिवडाले परियोजनाको दिर्घकालीन खाकाको झुटो प्रभाब प्रस्तुत गरेर दुई बर्ष अघि उपमहानगर सँंग सम्झौता गरेका थिए ।
मेयर पौडेलले नातावादमा अधिकार दुरुपयोग गर्दा नगरबासी समस्यामा परेको फोहर संकलन अभियान थालेका स्थानीय युवा ईश्वर थपलियाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्