१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमालेले बहिस्कार गरेपनि अविश्वास प्रस्ताव टेबुल हुन्छः सभामुख घर्ती


0
Shares

बुटवल । लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले अविश्वासको प्रस्ताव जसरी पनि टेबल हुने बताउनुभएको छ ।

सभामुख घर्तीले विश्वासको मत लिने र अविश्वासको मत माथि छलफल हुने प्रक्रिया निर्वाचन प्रक्रिया भएकोले अविश्वासको प्रस्ताव टेबुल हुने बताउनुभएको हो ।

उहाँले निर्वाचन प्रक्रियामा मतदाता वा उम्मेदवार नआउँदैमा निर्वाचन प्रक्रिया नरोकिने बताउनुभयो ।

‘विश्वासको मत लिने र अविश्वासको प्रस्ताव माथि छलफल हुने प्रक्रिया आफैंमा निर्वाचन प्रक्रिया हो कुनै पनि निर्वाचनमा एउटा उम्मेद्वार अनुपस्थिति हुन्छ भनेर वा मतदातम आउन्न भनेर निर्वाचन प्रक्रिया रोकिदैन’, उहाँले भन्नुभयो ।

यता नेकपा एमालेले बैठक बहिष्कार गर्ने सम्बन्धमा आफुलाई कुनैपनि औपचारिक जानकारी नभएको घर्तीले बताउनुभयो ।

अविश्वासको प्रस्ताव माथि छलफल गराउन विशेष अधिवेशन आव्हान भएकोले कार्य परामर्श समितिको बैठक पनि बस्नु नपर्ने उहाँले जानकारी दिनुभयो ।