
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति एवं शिक्षाविद् प्रा.डा. केदारभक्त माथेमाले कमजोर तयारीले चिकित्सा शिक्षातर्फ स्तातक तहमा तोकिएको सिटभन्दा कम विद्यार्थी उत्तीर्ण भएको बताउनुभएको छ ।
ईमेज टेलिभिजनसँगको कुराकानीमा माथेमाले विद्यार्थीको तयारी कमजोरी भएकाले उत्तीर्ण हुने संख्या बढेको बताउनुभयो । चिकित्सा शिक्षा आयोगले आफ्नो मापदण्डका आधारमा परीक्षा लिने भएकाले सोही आधार अनुसारको तयारी गर्न नसक्नुले विद्यार्थीको तयारी अभाव भएको बुझ्न सकिने उहाँको तर्क छ ।
यद्यपि शिक्षाविद् माथेमाले आयोगको प्रश्नपत्र केही जटिल भएको हुनसक्नेतर्फपनि संकेत गर्नुभयो । उहाँले कक्षा १२ सकिएपछि नै परीक्षा दिने व्यवस्था गनुपर्ने सुझाव दिनुभयो । यस विषयमा आयोग र मेडिकल काउन्सिलमा पदाधिकारीहरू बसेर नयाँ व्यवस्था लागू गर्न पनि उहाँले सुझाउनुभयो ।
अहिले १२ कक्षाको परीक्षापछि विद्यार्थीहरूले एमबीबीएसका लागि भनेर तयारी गर्ने गरेका छन् ।
चिकित्सा शिक्षा तर्फको स्नातकतहमा सरकारले तोकेको सिट संख्या भन्दा कम विद्यार्थी उत्तीर्ण भएपछि शैक्षिक गुणस्तरमा प्रश्न उठेको छ । आयोगले लिएको एकीकृत प्रवेश परीक्षामा तोकिएको कोटा भन्दा निकै कम विद्यार्थी मात्र उत्तीर्ण भएपछि शैक्षिक संस्थाहरु नै धरासायी हुने बनेको छ ।
प्रतिक्रिया दिनुहोस्