२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


परीक्षा दिने विद्यार्थीले प्रवेश पत्र देखाएर खोप लगाउन पाउने


0
Shares

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप परीक्षामा सहभागी हुने विद्यार्थीले प्रवेश पत्र देखाएर लगाउन पाउने भएका छन् ।

कोरोना महामारीकाबीच परीक्षा सञ्चालन भइरहेकोमा विरोध भइरहेका बेला सरकारले परीक्षार्थीलाई खोप लगाउने व्यवस्था गरेको हो ।

यसका लागि स्वास्थ्य मन्त्रालयले प्रहरी अस्पताल पानीपोखरी, सैनिक अस्पताल छाउनी, शशस्त्र प्रहरी अस्पताल बलम्बु र राधा स्वामी सत्संग केन्द्र बसुन्धाराबाट खोप लगाउने व्यवस्था मिलाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यार्थीका लागि कोरोना विरुद्धको खोप लगाउने व्यवस्था गरिएको जनाएको छ । महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी विज्ञहरूले दिइरहेका बेला साउन ३१ गतेबाट हुन लागेको कक्षा १२ को परीक्षा स्थगित भइसकेको छ ।

त्रिभुवन विश्वविधालयले भने स्नातक र स्नातकोत्तर तहका परीक्षाहरू भने सञ्चालन गरिरहेको छ । भदौ ५ गतेसम्मका लागि निर्धारित परीक्षाहरू नरोकिने त्रिविले जनाएको छ ।