२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


श्वेतपत्रबारे फरक–फरक धारणा, राजनीतिकरण गर्न नहुनेमा विज्ञको जोड


0
Shares

नारायणी लामिछाने
काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको श्वेतपत्रप्रति विज्ञहरू फरक–फरक धारमा उभिएका छन् । कतिपयले यस्ता श्वेतपत्र आफूलाई दूधले नुहाएको देखाउने, अघिल्लो सरकारको बद्नाम गर्ने राजनीतिक पूर्वाग्रहबाट प्रेरित पुलिन्दा हुने गरेको टिप्पणी गरेका छन् ।

पुर्व अर्थसचिव कृष्णहरि बाँस्कोटा सरकारले सार्वजनिक गरेको यथार्थचित्र वास्तविक तथ्य तथ्याकंमै आधारित रहेको बताउनुहुन्छ । यद्यपि पछिल्लो समय श्वेतपत्रमा राजनितिकरण हुने गरेको भन्दै यस्तो संवेदनशील विषयमा राजनीतिकरण गर्न नहुने धारणा राख्नुहुन्छ ।

पछिल्लो सममयको अर्थतन्त्रको अवस्था हेर्दा मुल्य वृद्धि आकासिएको छ भने आन्तरिक तथा वैदेशिक ऋणमा वर्षेनी वृद्धि भइरहेको छ । मुलुक संघीयतामा गएपछि त धान्न नसकिने तरिकाले खर्चको आकारमा वृद्धि भएको छ ।

ओली सरकारले अनुत्पादक क्षेत्रमा धेरै रकम खर्च गरेकाले तिर्न बाँकी सार्वजनिक ऋण उल्लेख्य रूपमा बढेको आरोप अर्थमन्त्री शर्माको आरोप छ । अर्थविद् डा. डिल्लीराज खनाल सरकारले गलत ढंगले विश्लेषण गर्दै विरोधाभाषपूर्ण तरिकाले श्वेतपत्र जारी गरेको टिप्पणी गर्नुहुन्छ ।

श्वेतपत्र कोभिडले अर्थतन्त्रमा पारेको प्रभाव र शिथिल अर्थतन्त्रलाई उकास्न सरकारले लिने रणनीतिमा मौन छ ।