
गुल्मी । जिल्लामा चट्याङ लागेर ७ जना घाइते भएका छन् ।
इस्मा गाउँपालिका–४ स्थित दोहलीको पहिरामा चट्याङ लागेर सात जना घाइते भएका हुन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते हुनेमा ४२ वर्षीय राम बहादुर गन्दर्भ र उनका छोरा १२ वर्षीय राहुल गन्दर्भ रहेका छन् । दोहली ढाँडकी अन्दाजी १७ वर्षीया राधा खत्री, २३ गोमा खत्री र २४ शर्मिला खत्री पनि घाइते भएका छन् ।
सोहि ठाउँकै मालारानीकी २४ वर्षीया रुपा र ९ वर्षका किस्मत नेपाली पनि चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीमा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिनुभयो ।
वडाध्यक्ष गनुप्रसाद अधिकारीका अनुसार चट्याङले सोहि वडाको मालारानीका नारायण बस्नेतका बाख्राहरू घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्