
विराटनगर । विराटनगरस्थित रानी नाका व्यवस्थित रुपमा सञ्चालनमा आएको छ । दशगजा क्षेत्रका सबै ठाउँहरुबाट भारतर्फ भइरहेको आवत–जावतमा रोक लगाएर प्रशासनले व्यवस्थित रुपमा आवातजावतका लागि नाका खुला गरेको हो ।
कोरोना महामारी संगै डेढ बर्षदेखि रानी नाका सिल गरिएको थियो । नाकामा हेल्थ डेक्स रहेकाले सर्वसाधारणको स्वास्थ्य अवस्था जाँच गरेर मात्र नाका प्रदेश गराउने मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिनुभयो ।
कोरोना संक्रमण बढ्दो क्रममा रहेकोले नेपाल भित्रिने र भारत फर्कनेको संख्या बढ्दो क्रममा छ ।
प्रतिक्रिया दिनुहोस्