
एजेन्सी । इटालीको आइल्याण्ड सिसिलीमा अत्यधिक गर्मी बढेर युरोपकै अहिलेसम्मको उच्च तापक्रमको रेकर्ड तोडेको छ ।
सिसिलीको तापक्रम ४८ दशमलव ८ डिग्री सेल्सियस पुगेको छ । विश्व मौसम संगठन (डब्लुएमओ) का अनुसार अहिलेसम्म युरोपमा मापन भएको उच्च तापक्रम ४८ डिग्री सेल्सियस हो ।
लुसेफर नाम गरेको एन्टिसाइक्लोनका कारण इटलीमा अहिले अत्यधिक गर्मी बढेको हो । अफ्रिकाबाट आएको लुसेफर नामक तातो हावाका कारण इटली गर्मी बढेको जनाइएको छ ।
उच्च वायुमण्डलीय दबाबका कारण भूमरी बनेर अघि बढेको हो । यो भूमरी राजधानी रोमतर्फ अघि बढेको र अन्य शहरहरु पनि गर्मीको चपेटामा पर्ने चेतावनी दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्