१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुसलधारे पानीले धनगढी जलमग्न


13
Shares

कैलाली । धनगढीमा आज बिहान भएको वर्षाले अधिकांश क्षेत्र जलमग्न भएका छन् । मुख्य सडकहरु नै जलमग्न हुँदा आवतजावतमा समस्या भएको छ भने विभिन्न बस्तीमा पानी वसेको छ ।

सबैभन्दा बढी एलएनचोक, शिवनगर, पार्कचोक, विशालनगर, मिलनचोक, चौराहलगायतका क्षेत्र जलमग्न भएका हुन् ।

यस्तै वडा नं १, ३, ४ लगायतका वडाका केही घर तथा पसलमा पनि पानी पसेको छ । जिल्ला प्रहरी कार्यालयको परिसर पनि जलमग्न भएको छ । वर्षाले धानबाली पनि डुबएको छ ।