
विराज रोस्यारा
कैलाली । सरकार परिवर्तनसँगै भूमि सम्बन्धी समस्या समाधानका लागि बनेका आयोगहरु खारेजी भएपनि स्थानीय सरकारले भने भूमिहीनको व्यवस्थापनमा चासो दिएको छ । धनगढी उप–महानगरपालिकाले नगर क्षेत्र भित्र रहेका जग्गाको नाप नक्साको काम सुरु गरेपछि वर्षौदेखि लालपुर्जा विहीन नागरिक खुसी भएका छन् ।
सरकारले भूमि सम्बन्धी समस्या समाधानका लागि बनाएका आयोग खारेजी गरेपनि काम तीव्र गतिमा भइरहेको छ । स्थानीय तहहरुले नगर क्षेत्रभित्र रहेका जग्गा नाप्ने कामलाई तीव्रता दिएका छन् ।
कैलालीका १३ वटै स्थानीय तहले आफ्ना क्षेत्रमा भुमिहीनका लागि तीव्र गतिमा काम गरीरहेको छ । धनगढी उप–महानगरपालीकाले वडा नम्बर ९ बाट नाप नक्साकार्य सुरु गरेको छ । वर्षौंदेखि लालपुर्जा विहीन नागरिकहरुमा लाजपुर्जा प्राप्त हुने आशा पलाएको छ । सरकारले सुकुम्बासी आयोग खारेज गरेपनि स्थानीय तहले भने भूमिहिनको व्यवस्थापन गर्ने जनाएको छ ।
धनगढी उपमहानगरपालिकाका वडा अध्यक्ष प्रेमबहादुर भण्डारीले २ हप्ता भित्र जग्गाको नाप नक्साकार्य गर्ने काम सकिने बताउनुभयो । उहाँले वडामा ४ सय ६५ जना अव्यावस्थित बसोबास गर्ने नागरिकहरु रहेको र ७५ जना भन्दा बढी सुकुम्बासीले जग्गा नाप नक्साका लागि निवेदन दिएको जानकारी दिनुभएको छ ।
धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले लाजपुर्जा वितरणका लागि तीव्र गतिमा काम भइरहेको बताउनु भयो । उहाँले उपमहानगरपालिकाको ९ नम्बर वडाबाट सुरु भएको नाप्ने काम छिट्टै सबै वडामा सुरु गरिने बताउनु भयो ।
उहाँले यो वर्षभित्र नै सबै वडामा लाजपुर्जा वितरण गर्ने तयारीका साथ धनगढी उपमहानगरपालिकाले काम गरिरहेको जानकारी दिनुभएको छ ।
सरकार परिवर्तनसँगै भूमि सम्बन्धी समस्या समाधानका लागि बनेका आयोग खारेज हुँदा नागरिकहरु वर्षौंदेखि लालपुर्जा विहीन छन् । अझै पनि भूमिहीनहरु लालपुर्जा पाइन्छ भन्नेमा ढुक्क भने छैनन् ।(भिडियो हेर्नुहोस्)
प्रतिक्रिया दिनुहोस्