
काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षीय जिल्ला सभापतिहरूले इतर पक्षले महाधिवेशन भाँड्न लागेको आरोप लगाएका छन् ।
ललितपुरमा बिहीबार बसेको संस्थापन पक्षीय जिल्ला सभापतिहरूको बैठकले इतर पक्षीय सभापतिहरूको बैठकप्रति आपत्ति जनाउँदै सो पक्षले महाधिवेशन भाँड्न लागेको निष्कर्ष निकालेका हुन् ।
बैठकपछि संस्थापन पक्षका कञ्चनपुर जिल्ला सभापति हरिप्रसाद बोहोराले १४औं महाधिवेशन केन्द्रीत छलफल भएको बताउनुभयो । उहाँले महाधिवेशनको समय सकिन लागेको जनाउँदै १०–१२ दिनमै महाधिवेशन सक्ने दावी गर्नुभयो ।
नेपाली कांग्रेस सप्तरी जिल्ला सभापति दिनेश यादवले कांग्रेसले सप्तरी र बारा जिल्लालाई पनि नयाँ क्रियाशील सदस्यता दिनुपर्ने माग राखेको बताउनुभयो । उहाँले जिल्लाका केही वडाहरूले यसमा असन्तुष्टि व्यक्त गरेको भन्दै नयाँ क्रियाशील सदस्यबाट वञ्चित गर्ने षड्यन्त्र रोक्नुपर्ने माग राख्नुभयो ।
प्रतिक्रिया दिनुहोस्