१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मास्क लगाउन अनुरोध गर्दै काठमाडौं प्रशासनको अनुगमन


0
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सर्वसाधारणले मास्क लगाए, नलगाएको अनुगमन गर्न थालेको छ ।

सरकारले व्यक्तिगत रुपमा मास्क लगाउन प्रोत्साहित गर्न देशैभरी ‘तपाइको मास्क खोइ ?’ अभियान चलाएसँगै प्रशासन कार्यालयले मास्कको प्रयोगमा अनुगमन तीव्र पारेको हो । काठमाडौंको मुख्य–मुख्य चोकमा बाटोमा हिड्नेदेखि सार्वजनिक सवारी साधनमा रहेका व्यक्तिले मास्क लगाए, नलगाएको अनुगमन गरिरहेको छ ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको नेतृत्वमा निरन्तर अनुगमन भइरहेको छ । मास्कको प्रयोग उचित ढंगले नगर्ने, गुणस्तरीय मास्कको प्रयोग नगर्ने, सकेसम्म प्रयोग नै नगर्ने चलनले जोखिम बढाएको गुनासो आउन थालेको सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो ।

संक्रमणदर बढ्दै गएसँगै आम मानिसले लापरबाही पनि गर्न थालेकाले निषेधाज्ञा थप गर्नुपरेको उपत्यका प्रशासनले जनाएको छ । यसरी लापरबाही बढ्दै गए पुनः कडा निषेधाज्ञामा जान बाध्य हुनेप्रति प्रशासनले सचेत पनि गराएको छ । यससँगै काठमाडौंको ३ वटै जिल्लामा बिहीबार राति ८ बजेपछि अत्यावश्यक सेवाबाहेक सबैलाई हिँडडुल÷आवतजावतमा रोक लगाइएको छ ।