
एजेन्सी । अफ्गानिस्तानमा सरकारी वार्ता टोलीले तालिवानसँग सत्ता साझेदारीको प्रस्ताव गरेको छ । आक्रमण अन्त्य गरी शान्ति स्थापनाका लागि सरकारले तालिवान समूहलाई सत्ता साझेदारीको प्रस्ताव गरेको स्रोतलाई उद्धृत गर्दै अन्तराष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
कतारमा रहेका सरकारी वार्ता टोलीका एक सदस्यले सत्ता सझोदारीको प्रस्तावबारे खुलासा गरेका हुन् । तालिवान विद्रोहीले भने स्थायी शान्ति स्थापनाको लागि अस्रफ घानी सत्ताबाट बाहिरिनुपर्ने बताउँदै आएको छ ।
यसैबिच, तालिवान विद्रोहीले मुख्य शहरहरु हेरात र घाज्नीमा कब्जा जमाएका छन् । रणनीति एवं सामरिक रुपले निकै महत्वपूर्ण मानिएका यी दुई शहर विद्रोहीको नियन्त्रणमा गएपछि राजधानी काबुल पनि विद्रोहीले कब्जामा लिने त्रास बढेको छ ।
हिजो यी दुई शहरसँगै दुर्गम प्रान्तका अन्य केही शहरमा पनि विद्रोहीको पकड बढेको छ । अफ्गानिस्तानको दोस्रो ठूलो शहर कान्दाहारमा भिषण संघर्ष जारी छ ।
विज्ञहरुले यो शहर पनि छिट्टै विद्रोहीको नियन्त्रणमा जाने बताईरहेका छन् । अफ्गानिस्तानबाट अमेरिकी र गठबन्धन सेना बाहिरिनेक्रम सुरु भएसँगै तालिवान विद्रोहीले आक्रामक कारवाही सुरु गरेको थियो ।
त्यसयता देशको आधाभन्दा बढी हिंस्सा तालिवान विद्रोहीको नियन्त्रणमा गईसकेको छ । देशको उत्तरी भेग पूर्णरुपले विद्रोहीको नियन्त्रणमा छ । अधिकांश सिमा नाकाहरु विद्रोहीको पकडमा छ ।
प्रतिक्रिया दिनुहोस्