१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वाला राई भन्नुहुन्छ,‘७२ घण्टापछि फेरि प्रयोग गर्न मिल्छ सर्जिकल मास्क’ (अन्तर्वार्ता)


0
Shares

काठमाडौं । मास्कको अनिवार्य प्रयोगबाट कोरोना संक्रमणको जोखिमबाट बच्न सकिन्छ । अधिकांश व्यक्तिले मास्क लगाएका पनि छन् । तर, अझै पनि धेरै व्यक्तिलाई मास्कको प्रयोग र प्रभावकारिताको विषयमा अनविज्ञ छन् ।

तीन पत्र भएको मास्कको प्रयोगले महामारी लगायतका सरुवा रोग अरुलाई सर्ने जोखिम कम हुने विज्ञ बताउँछन् । ७२ घण्टासम्म सिल भएको कागजमा वा खाममा राखेपछि मात्र सर्जिकल मास्क पुनः प्रयोग गर्न सकिने नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी अस्पताल नर्सिङ प्रशासक वाला राई बताउनुहुन्छ ।

मास्कको प्रयोग गर्दा बाहिरको भागमा छुँदा त्यसको प्रभावकारितामा कमी आउने राईको भनाइ छ । अस्पताल तथा भीडभाडयुक्त क्षेत्रमा दोहारो मास्क लगाउँदा फाइदा हुने भए पनि त्यसलाई तरिका मिलाएर लगाउनुपर्ने राई जानकारी दिनुहुन्छ । मास्क लगाउँदा कहिल्यै पनि प्वाल देखिनेगरी लगाउन नहुने र फिटिङ मास्क लगाउन पनि उहाँको सुझाव छ ।

साथै सर्जिकल मास्क धोएर प्रयोग गर्दा प्रभावकारिता घट्नेतर्फ पनि उहाँले सचेत गराउनुभएको छ । सर्जिकल मास्क धुँदा त्यसमा भएको तीन तहमध्येका तहहरु जाने भएकाले प्रभावकारिता घट्ने उहाँको भनाइ छ । मास्कको सही प्रयोग र प्रभावकारिताको सन्दर्भमा ईमेजखबरकी प्रज्ञा तिमल्सीनाले राईसँग गरेको कुराकानीको सम्पादित अंश–