१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कपिलवस्तुमा लाखौं रुपैया मूल्य बाराबरको काठ चोरी


0
Shares

कपिलवस्तु । कपिलवस्तुको श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्र भित्रैबाट लाखौं रुपैया मूल्य बाराबरको काठ चोरी भएको छ । वाणगंगा नगरपालिकास्थित श्रृङ्गीघाट सामूदायिक बनबाट एकै पटक ९ सय क्यूफीट साललगायतका गोलीया काठ चोरी भएको हो ।

काठ हराएको घटनाको सुचना सामुदायिक वन उपभोक्ताले लुकाए पनि वन कार्यालयका कर्मचारीले बाहिर ल्याएका हुन् । कार्ययोजना अनुसार स्विकृती लिएर वन क्षेत्रमा काठ कटान भई रहेका बेला सरकारले काठ दाउरा काटन र ओसार प्रसार गर्न रोक लगाएको थियो ।

वन उपभोक्ता समुहका सचिव कृष्ण पौडेलको अध्यक्षतामा गठित समितिले काठ हराएको प्रतिबेदन दिएको रेनु सेनले बताउनुभयाे ।
छानबिनको नाममा काठ काट्न जिम्मा पाएका समुहकै दुई सदस्यलाई काठको मूल्यांकन रकम ७ लाख रुपैया जरिवाना गराएर घटना लुकाउन खोजिएको छ ।।