२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु


0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गर्ने बताइएको छ ।

पार्टीको कार्यदिशा स्पष्ट गर्ने, प्रतिगमन विरोधी संघर्ष र कम्युनिष्ट आन्दोलनमा देखा परेका विसर्जनवादविरुद्धको संघर्षलाई अझ दृढतापूर्वक अघि बढाउने विषय समेटेर प्रचण्डले प्रतिवेदन तयार गर्नुभएको छ ।

माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार संविधानको रक्षा र कार्यान्वयनका लागि बाम–लोकतान्त्रिक गठबन्धनको सहकार्यलाई सुदृढ बनाउने लगाएतका विषय समेटेर अध्यक्ष दाहालले प्रतिवेदन तयार हिजो बसेको स्थायी कमिटी बैठकले आग्रह गरेको थियो ।

हिजोको बैठकमा दाहालले सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको थियो ।

त्यस्तै माओवादी कन्द्रले बैठक सुरु हुनु अघि सबै सदस्यहरुकाे काेराेना परिक्षाण गरेकाे थियाे । सबैकाे एन्टिजेन परिक्षण गर्दा नेगेटिर्भ रिपाेर्ट आएकाे छ ।