१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कहिल्यै नभुल्ने जित र झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारसलाई धन्यवाद– प्रधानमन्त्ती देउवा


0
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारस खड्कालाई धन्यवाद दिनुभएको छ ।

पारसले क्रिकेटबाट सन्यास लिएसँगै प्रधानमन्त्री देउवाले प्रधानमन्त्री निवास बालुवाटार बोलाएर कहिल्यै नभुल्ने रोमाञ्चक जित र क्रिकेटमा ठूलो सपना देख्न नेपालीलाई प्रेरित गरेको धन्यवाद दिनुभएको हो ।

प्रधानमन्त्री देउवाले नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस् भन्दै भविप्यका लागि शुभकामना दिनुभएको छ । उहाँले सरकारको साथ र सहयोग सधैं रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।3

पारसले दुई साता अघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । यस्तै उनले गत वर्ष कप्तानी छाड्ने निर्णय गरेका थिए । अब उनी देश/विदेशमा हुने लिगहरुमा भने सहभागी हुनेछन् ।

प्रधानमन्त्री देउवाको ट्वीटलाई रिट्वीट गर्दै पारसले आफूलाई सम्झिएको र नेपाली क्रिकेटलाई आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता जनाएकोमा धन्यवाद दिएका छन् ।

उहाँले पारससँगको तस्वीर सामाजिक सञ्जालमा राख्दै लेख्नुभएको छ, ‘दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा @paras77 लाई धन्यवाद। नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस्। सरकारको साथ र सहयोग सधैं रहने छ।’