उद्धारका लागि हेलिकप्टर परिचालन गर्ने भनिए पनि घटनास्थलमा बाक्लो हुस्सो लागेको र खराब मौसमका कारण हेलिकप्टर आउन सक्ने अवस्था नभएको प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताउनुभयो ।
रसुवा । जिल्लाको पर्यटकीय क्षेत्र लाङटाङ गएर फर्कने क्रममा माथिबाट झरेको ढुंगाले लाग्दा एक जना गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा धादिङका राजु लामा रहेका छन् । लामा होटल र स्यापु्रmको बीचमा पर्ने रिम्चे भन्ने स्थानमा शनिबार माथिबाट ठूला ढुंगा झरेको थियो । घाइतेको उद्धारको लागि स्याफ्रुबेसी र ठुलोस्याफ्रूबाट नेपाल प्रहरीको टोली घटनास्थलमा गइसकेको छ ।
उद्धारका लागि हेलिकप्टर परिचालन गर्ने भनिए पनि घटनास्थलमा बाक्लो हुस्सो लागेको र खराब मौसमका कारण हेलिकप्टर आउन सक्ने अवस्था नभएको प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्