एजेन्सी । जापानमा भारी वर्षापछि बाढी पहिरो आउन सक्ने भन्दै २० लाख मानिसलाई सुरक्षित स्थानतर्फ लाग्न अपील गरिएको छ ।
जापानको फुकुओका र हिरोशिमालगायत विभिन्न प्रान्तहरुमा थप वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन सर्वसाधारणलाई आग्रह गरिएको छ ।
भारी वर्षापछि नागासाकी प्रान्तमा पहिरोले घर भत्कँदा एक महिलाको मृत्यु भएको छ । सम्भावित क्षति न्यूनिकरणका लागि १ सय ५० भन्दा बढी सेना, प्रहरी र अग्निनियन्त्रकहरु विभिन्न क्षेत्रमा परिचालन गरिएको छ ।
जापानको पश्चिमी भाग वर्षाले बढी प्रभावित भएको छ । बाढी पहिरोले दर्जनौं घर भत्काएको साता दिन नबित्दै फेरि भारी वर्षा भएको हो ।
प्रतिक्रिया दिनुहोस्