काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुने छ ।
यसअिघ हिजोको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल गर्न ८ वटा समूह विभाजन गरिएको थियो । आजको बैठकमा ती समूहगत छलफलको निष्कर्ष प्रस्तुत गरिने छ ।
अध्यक्ष दाहालले आगामी पुस ११ गतेदेखि गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका छन् । उनले पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव राख्नुभएको थियो ।
८ पृष्ठ लामो प्रतिवदेनमा अध्यक्ष दाहालले वर्तमान सत्ता गठबन्धलनाई निर्वाचनसम्म लैजाने प्रस्ताव गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्