२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


सराङकोटमा कार दुर्घटना हुँदा नवलपरासीका बद्रीको मृत्यु, दुई घाइते


0
Shares

पोखरा । पोखराको सराङकोटमा आज भएको कार दुर्घटनामा नवलपरासीका बद्री खत्रीको ज्यान गएको छ ।

कार चलाइरहेका उनीसमेत ३ जना घाइते भएकोमा उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याइएकोमा खत्रीलाई पौने १० बजे चिकित्सकले मृत घोषणा गरेको कास्की जिल्ला प्रहरी कार्यालयका कास्कीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) दीपक केसीले जानकारी दिनुभयो ।

दुर्घटनामा पोखराका सपना घोताने र किरण अर्याल घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ । अस्पतालमा उनीहरुको उपचार भइरहेको पनि प्रहरी निरीक्षक केसीले बताउनुभयो । ।

उहाँका अनुसार बिहान ६ बजे ग१च ७२३४ नम्बरको कार सडकबाट तल खसेको थियो